सभापति देउवाकाे पक्षमा उभिने कांग्रेस सुदूरपश्चिम संसदीय दलकाे निर्णय

cp new add
Nisharg hospital
Ba n

धनगढी  । गगन-विश्व पक्षले गरेकाे विशेष महाधिवेशनपछि नेपाली कांग्रेस विभाजित भएपछि सुदूरपश्चिम प्रदेश संसदीय दल भने संस्थापन समूहकाे पक्षमा उभिएको छ ।

पार्टी केन्द्रकाे  विवाद निर्वाचन आयाेगमा पुगेका बेला शुक्रबार बसेकाे प्रदेश संसदीय दलकाे बैठकले पार्टी सभापति शेरबहादुर देउवा पक्षले गरेकाे निर्णयमा दृढतापूर्वक उभिने निर्णय लिएकाे हाे ।

बैठकमा सहभागी सामाजिक विकास मन्त्री मेघराज खड्काले पार्टी संस्थापन पक्षले गरेकाे नियमित महाधिवेशनकाे पक्षमा उभिने निर्णय भएको बताए ।

यहीँ खालकाे भाषा प्रयाेग नगरिएपनि कांग्रेसमा देखिएकाे अहिलेका विवादका सम्बन्धमा नियमित महाधिवेशन गर्ने पार्टी सभापति ज्यूले लिनुभएकाे निर्णयकाे पक्षमा उभिने निर्णय दलकाे बैठकले गरेकाे छ, खड्काले भने।

बैठकमा १८ जना प्रदेश सभा सदस्य मध्ये ११ जनाकाे सहभागिता रहेको थियो।

अन्य प्रदेश सभा सदस्य पनि देउवा पक्षमै रहेकाे भएपनि काम विशेषले बाहिर भएकोले बैठकमा सहभागी हुन नपाएकाे उनी बताउँछन् ।

बैठक मुख्यमन्त्री तथा दलका नेता कमलबहादुर शाहकाे सरकारी निवासमा बसेकाे थियाे ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...