निर्वाचन प्रयोजनका लागि १९ अर्ब १५ करोड स्रोत सहमति, ६ अर्ब ३५ करोड निकासा

cp new add
Nisharg hospital
Ban Mantralye

काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड बराबर स्रोत सहमति प्रदान गरेको छ ।

यसमध्ये ६ अर्ब ३६ करोड निकासा भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार २१ फागुनमा निर्धारित निर्वाचनका लागि निर्वाचन आयोगलाई मात्र १८ कात्तिकमा ४ अर्ब ९६ करोडको स्रोत सहमति दिइएको थियो ।

tourism

२० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार स्रोत सहमति दिइएको अर्थको तथ्यांक छ । यस अनुसार कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार बराबरको स्रोत सहमति निर्वाचन आयोगलाई दिइएको छ ।

निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ बराबर निकासा दिइएको थियो । अहिलेसम्म निर्वाचन आयोगलाई मात्र ६ अर्ब ३१ करोड निकासा दिइसकिएको आयोगको तथ्यांकमा उल्लेख छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...