अछाम-१ मा एमाले उम्मेदवार साउदले मतदाता भेटघाट थाले

cp new add
Nisharg hospital

अछाम । सहिद दिवसको अवसरमा नेकपा एमाले अछामका नेता तथा प्रतिनिधिसभा उम्मेदवार दीपक साउँदले अछामको ऐतिहासिक स्थल बान्नीगढी गाउँपालिका–काफलखेतबाट घरदैलो अभियान सुरु गरेका छन् ।

काफलखेतलाई बाँकावीर बलदेव शाहको शिर छेदन गरिएको स्थलका रूपमा चिनिन्छ । सोही ऐतिहासिक स्मृतिसँग जोडेर अभियान सुरु गरिएको साउँदले बताए । अछामको इतिहास र पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न बाँकावीर बलदेव शाहलाई राज्यस्तरमै सहिदको मान्यता दिलाउन पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

सहिद दिवसमा बाँकावीर सहिद भएको माटो छोएर सांकेतिक रूपमा अभियान सुरु गरेका साउँदले अछामी जनतालाई कहिल्यै धोका नदिने कसम खाए । अछाम क्षेत्र नम्बर–१ बाट निर्वाचित पूर्व जनप्रतिनिधिहरूले बाँकावीरको विषयलाई बेवास्ता गरेको उनको भनाइ छ ।

नेपालमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ । यस अवसरमा ‘नेपालका प्रथम सहिद को रु’ भन्ने बहस पुनः उठेको छ । अछामका बाँकावीर बलदेव शाहलाई पहिलो सहिदका रूपमा मान्यता दिनुपर्ने माग स्थानीय तथा राष्ट्रिय स्तरमा उठ्दै आएको छ ।

इतिहासअनुसार बाँकावीर बलदेव शाहले राणा शासनविरुद्ध प्रारम्भिक सशस्त्र प्रतिरोधको नेतृत्व गरेका थिए । विसं १९०५र०६ तिर उनको हत्या भएको जनविश्वास छ । सहिद दिवसकै दिन काफलखेतबाट सुरु गरिएको अभियानले बाँकावीरको पहिचानबारेको बहसलाई फेरि सतहमा ल्याएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...