कैलाली र कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलाली र कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट प्रहरीले दुई जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ।

चेकजाँचका क्रममा सोही ठाउँ बस्ने ३२ वर्षीय राजकुमार राना र एक १७ वर्षीय किशोरको साथबाट १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

उनीहरूलाई लागूऔषधसहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस्तै, कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ भगतपुरस्थित २५ वर्षीय प्रभुराज हमालको घरको कोठामा खानतलासी गरिएको थियो।
खानतलासीका क्रममा कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा २ ग्राम ७७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, PREGA75 २० थान र ANTIKOF ट्याब्लेट २९ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित हमाललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यस घटनामा पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...