
डोटी । फैसलाको कार्यान्वयनका क्रममा जिल्ला अदालत डोटीले बहुविवाह मुद्दामा ११ महिना २१ दिन कैद सजाय तोकिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला डोटी, पूर्वीचौकी गाउँपालिका–१ फुलौट घर भई हाल जिल्ला कैलाली, गोदावरी नगरपालिका–९ वल्मीमा लुकिछिपी बस्दै आएका ३२ वर्षीय देवबहादुर ऐर र २६ वर्षीया जानकी चयडा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरूलाई कैलालीको गोदावरी नगरपालिका–९ वल्मीबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

