कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलि ल्याइएका सामान बरामद

cp new add
Nisharg hospital

कञ्चनपुर । कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलि गरी भारतबाट अवैध रूपमा ल्याइएका उपभोग्य सामग्री बरामद गरेको छ।

हिजो जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले भिमदत्त नगरपालिका–९ जमुना घारी र बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट वेवारिसे अवस्थामा रहेका अवैध सामग्री नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद गरिएका सामग्रीमा कपडा, चिनी, सुर्ति, नुडल्स लगायतका सामानहरू रहेका छन्, जसको अन्दाजी मूल्य रु. ६६ हजार ९१० रहेको छ।

ती सामग्रीहरू अवैध रूपमा भारतबाट भन्सार छलि गरी नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...