
गुल्मी । जेनजी आन्दोलनमा फरार एक जना कैदी गुल्मीबाट पक्राउ परेका छन् । आइतबार बिहान रेसुङ्गा नगरपालिका–८ बसपार्क क्षेत्रबाट फरार कैदी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी सहायक हवल्दार बासु मरासिनीको कमाण्डमा खटिएको दुई जनाको प्रहरी टोलीले जेन्जी आन्दोलनको क्रममा काठमाडौंस्थित कारागार कार्यालय जगन्नाथ देवलबाट फरार रहेका ज्यान ज्यानसम्बन्धी कसुर मुद्दाका कैदीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा जिल्ला गुल्मी छत्रकोट गाउँपालिका–५ निवासी ६५ वर्षीय मानबहादुर सर्तुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए । उनलाई पक्राउ पश्चात कारागार कार्यालय तम्घास गुल्मीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

