कञ्चनपुरमा बलात्कार, लेनदेन र लागुऔषध मुद्दाका ३ प्रतिवादी समातिए

cp new add
Nisharg hospital

धनगढी । विभिन्न मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

लेनदेन सम्बन्धी मुद्दामा ३ महिना कैद सजाय तोकिएका भीमदत्त नगरपालिका–१० बस्ने ३८ वर्षीय दिनेश राम ओडलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, जबरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ६ महिना १० दिन कैद सजाय तोकिएका कञ्चनपुर दोधारा चाँदनी नगरपालिका–२ पशुपति टोलका २१ वर्षीय हिमान्शु भट्ट पनि पक्राउ परेका छन्।

यस्तै, लागूऔषध खैरो हिरोइन मुद्दामा ५ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका कैलाली धनगढी उपमहानगरपालिका–६ पटियारीका २८ वर्षीय विवेक रानालाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...