कैलाली–कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–९ बाङग्राकटानबाट २१० मिलिग्राम लागूऔषधसहित कैलारी गाउँपालिका–९ बस्ने २३ वर्षीय उदिप रानालाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको हो।

त्यसैगरी, बर्दगोरिया गाउँपालिका–४ मुडा बजारबाट ३३० मिलिग्राम लागूऔषधसहित सोही स्थानका १८ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको टोलीले चेकजाँचका क्रममा पदार्थ बरामद गरेपछि उनलाई पक्राउ गरिएको हो।

उता कञ्चनपुरको बेलौरी नगरपालिका–१० जर्सिखल्लाबाट ८५० मिलिग्राम लागूऔषधसहित रतनपुरका २३ वर्षीय उमेश कुमार भट्ट पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त पदार्थ बरामद गरेको हो।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...