
धनगढी। बैतडीमा भिरबाट खसेर निर्वाचन प्रहरीको मृत्यु भएको छ ।
दशरथचन्द नगरपालिका ५ को चमखाली खेलमैदानमा तालिम सकेर फर्किने क्रममा मंगलबार राती साढे ८ बजेतिर दशरथचन्द नगरपालिका
निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दको भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
दशरथचन्द नगरपालिका ४ स्थायी ठेगाना भएका चन्द सोही ठाउँको खरकटे सल्लेरी भिरमा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए ।
उनको शव करीब २५० मिटर तल भीरमा फेला परेको छ ।

