प्रचण्डले भने-मैले देउवा र ओली भेट्दैमा तरंगित नहुनुहोला, फेरि उनीहरुसँगै मिल्ने गल्ती दोहोर्‍याउँदिनँ

cp new add
Nisharg hospital
Ba n

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यसपटक कांग्रेस र एमालेसँग समीकरण नगर्दा सिङ्गो पार्टीपंक्ति उत्साहित भएको बताएका छन्। म्याग्दी पुगेका प्रचण्डले पार्टीको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस एमालेसँग मिल्ने गल्ती नगर्दा ७७ जिल्लामा नै पार्टीका नेताहरू खुसी देखेको बताए।

उनले भने, ‘तपाईँहरू पनि यहाँ खुसी नै भएको देखेँ मैले। केमा खुसीरु भने पार्टीले अहिले कांग्रेससँग र एमालेसँग समीकरण गरेन, आफ्नै खुट्टामा एक्लै चुनाव लड्ने भनेर आँट गर्‍यो भन्नेमा। समाजिक सञ्जालमा मिल्न लाग्यो रे भन्ने आउँछ, तपाईँहरू झसङ्ग हुनुहुन्छ होला हैन नेतृत्वले फेरि खुट्टा छोड्छ कि क्या हो रु भनेर ’ म दृढताका साथ भन्न चाहन्छु हामी कसैसँग पनि यो पटक समीकरण गर्ने वाला छैनौँ, गर्दैनौँ।’

उनले ढुक्कसँग निर्वाचन अभियानमा अगाडि बढ्न आग्रह गरे।

उनले भने, ‘तपाईँहरूले पनि जिल्लामा नेपाली कांग्रेसभित्र के–के भइराखेको छ हेरिराख्नु भएकै छ होला। केन्द्रमा विशेष महाधिवेशन भयो, शेरबहादुर देउवा एकातिर, गगन थापा सभापति हुनुभयो। एमालेभित्र पनि महाधिवेशन केके भयो, कसले जित्यो कसले हार्‍यो तपाईँ हामीले देखिराखेकै छौँ। त्यसको असर जिल्ला–जिल्लामा, क्षेत्र–क्षेत्रमा, इलाका–इलाकामा परेको छ।’

उनले आफूले सबैसँग संवाद गरिराख्ने नीति लिएको बताए।

उनले थपे, ‘हामीले सबैसँग कुनै न कुनै रूपले संवाद पनि गरिराख्ने, कसैसँग चाहिँ कुनै एउटा पक्षसँग दुस्मनी र अरूसँग मात्रै मित्रता भन्ने तरिका नअपनाईकन राष्ट्रको पक्षमा, जनताको पक्षमा, समृद्धिको पक्षमा, भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा खडा हुन सक्ने चाहे कांग्रेसभित्र हुन्, चाहे एमालेभित्र हुन्, उनीहरूसँग सहकार्य पनि गरिराख्ने, तर अहिले समीकरण चाहिँ नगर्ने। यो चुनाव एक्लै लड्ने हामीले नीति लिएका छौँ।’

कहिलेकाहीँ आफूले शेरबहादुर देउवा र केपी ओलीसँग भेट्यो भन्दैमा तरंगित नहुन आग्रह गरे। राष्ट्रलाई एकताबद्ध गर्ने र राष्ट्रलाई अर्को दुर्घटनामा पर्नबाट जोगाउने मुख्य जिम्मेवारी नेकपाकै भएको बताए। उनले चुनावसम्म सबैले मेहनत गरे १ नम्बर पार्टी बनेर हिजोका कमी सच्याउँदै फेरि निकास दिने काम गर्ने बताए।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...