

झापा । बलात्कार आरोपमा प्रहरीले एकजना वृद्धलाई पक्राउ गरेको छ ।
२७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी बराह्रक्षेत्र नगरपालिका–७ बस्ने ६४ वर्षीय प्रमानन्द पौडेललाई बिहीबार राति पक्राउ गरेको हो ।
पौडेलले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

