

धनगढी । शनिबार दिउँसो हत्या गरेर मुख जलाइएकाे अवस्थामा कैलालीकाे माेहन्याल गाउँपालिका- १ काे तल्लाेपानीमा जंगलभित्र भेटिएको युवतीकाे शव उठाइएको छ ।
नवप्रगतशिल सामुदायिक जंगलमा फेला परेकाे शव घटनास्थल कार्य सकेर राति उठाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले घटनास्थलबाट शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको बताए ।
हत्या गरेर अनुहार जलाएकाे अवस्थामा जंगलमा युवतीकाे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशदत्त अवस्थी नेतृत्वको टाेली तालिमप्राप्त कुकुरसहित खटिएको छ भने जिल्ला प्रहरी कार्यालयबाट समेत अनुसन्धानका लागि विशेष टाेली परिचालन गरिएकाे छ ।

