

धनगढी । सामाजिक कार्यमा सक्रिय युवाहरुको समूह हेल्प फर हेप्पीनेस सुदूरपश्चिम प्रदेशले धनगढीको कपडा बैंकलाई सहयोग गरेको छ।
उपमहानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा सञ्चालनमा रहेको कपडा बैंकलाई प्रणय दिवसको उपलक्ष्यमा हृदयको आँखा कार्यक्रम मार्फत “प्रेम रुप लाई होइन मानवता लाई गरौं” भन्ने उदेश्यका साथ असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई विशेष सहयोग पुगोस् भन्ने उदेश्यले एच.एफ एच सदस्यहरु तथा विभिन्न व्यक्तिहरुबाट संकलित तीन सय ५० थान कपडा सहयोग गरिएको हेल्प फर हेप्पिनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले बताए।
सहयोग कार्यक्रममा हेल्प फर हेप्पिनेस आपतकालीन असहाय सहयोग कोषका संयोजक भरत बिस्ट,कमल पनेरु,गोपाल बिस्ट,सोनिया जोशी ,बिकास खड्का ,दिपा देउवा लगायतका सदस्यहरुको उपस्थित रहेको थियो ।
हेप्पीनेसले संस्थामा आवद्ध सदस्यहरुको जन्म दिन लगायत विभिन्न पर्वहरुको उपलक्ष्यमा ह्रदयको आँखा कार्यक्रम मार्फत असहाय,अति बिपन्न परिवार र ब्यक्ति तथा संस्थाहरु लाई सहयोग गर्दै आइरहेको छ ।

