कैलाली र कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

cp new add
Nisharg hospital
Ba n

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलाली ले धनगढीका दुई स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–३ सिसा पोष्ट नजिकबाट ८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित भारतको लखिमपुर खिरी निवासी १९ वर्षीय हेमन्त रानालाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला परेको हो।

यसैगरी, सोही वडाको ट्राफिक चोकबाट ७९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित २७ वर्षीय विवेक गौतम पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनको साथबाट पदार्थ बरामद गरेको हो। दुवै घटनामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण शाखा कार्यालय महेन्द्रनगर को संयुक्त टोलीले भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बसपार्क नजिक रहेको ‘राजकिरण फेन्सी स्टोर’बाट नियन्त्रित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार डाइजापाम ३९ एम्पुल, फेनारगन ३४ एम्पुल र बुप्रेनोर्फिन ३२ एम्पुल गरी कुल १०५ एम्पुल बरामद गरिएको छ। उक्त स्टोरका सञ्चालक भीमदत्त नगरपालिका–६ ऐठपुरका २७ वर्षीय किरण जोशीलाई गोप्य सूचनाको आधारमा गरिएको खानतलासीका क्रममा पक्राउ गरिएको हो।

प्रहरीले तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...