कैलालीमा गाेठमा मृत भेटिएकी महिलाकाे श्रीमानबाटै हत्या भएको  खुलासा

cp new add
Nisharg hospital
Ba n

धनगढी । कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा गाेठमा मृत अवस्थामा फेला परेकी महिलाकाे श्रीमानबाटै हत्या भएकाे खुलेकाे छ ।

गत मंगलबार हाेलीकाे दिन बिहान स्थानीय  ५५ वर्षका प्रेमलाल चौधरीकाे श्रीमती अन्दाजी ५० वर्षीया माना देवी चौधरी आफ्नै घर नजिकै रहेको बाख्राको गोठमा मृत भेटिएको भन्द‌ै प्रहरीमा खबर पुगेको थियोे ।

शरीरमा चोटपटक लागेको अवस्थामा मृत भेटिएकि चाैधरीको उनकै श्रीमानले हत्या गरेकाे खुलेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले बताए ।

उनकाअनुसार आपसी विवादका क्रममा प्रेमलालले श्रीमतीकाे हत्या गरेकाे स्वीकार गरेका छन् । आमाकाे हत्यापछि बुवाविरूद्व छाेरा २८ वर्षीय मगरु चौधरीले कारवाहीकाे माग गर्दै कर्तव्य ज्यान शिर्षकमा जाहेरी दिएका छन् ।

उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...