

धनगढी । कैलालीमा इलाका प्रहरी कार्यालय टीकापुरकाे छतबाट खसेर एक प्रहरीकाे मृत्यु भएको छ ।
साेमबार राति करीब ११ बजेतिर कार्यालय भवनकाे छतबाट खसेर अन्दाजी ३० वर्षीय सन्देश चदाराकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले बताए ।नकाअनुसार चदारा बझाङकाे तलकाेट गाउँपालिका-१ का बासिन्दा हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकका शव परीक्षणका लागि टीकापुर प्रादेशिक अस्पतालमा राखिएको छ । तर, मृतकका परिवारले भने घटना शंकास्पद रहेको भन्दै सत्यतथ्य छानविन गर्नुपर्ने माग गरेका छन् ।
मृतककी भान्जी सुनिता आग्रीले घटना शंकास्पद देखिएको बताइन् । घटना हुनुुभन्दा केही समय अगाडि घरमा परिवारसँग टेलिफोनमा कुराकानी भएको बताउदै उनले एकाएक बिरामी भएको भन्दै फोन आएको बतान् ।
प्रहरीले परिवारका सदस्य पुग्न अगावै घटनास्थलबाट शव उठाएको भन्दै उनीहरु आक्रोशित बनेका छन् । निष्पक्ष छानविन गर्दै घटनाको ययार्थ बाहिर नल्याएसम्म शव नउठाउने अडान लिइएको छ ।

