प्रधानमन्त्री कार्कीले बालुवाटार निवास खाली गरिन्, चैत १३ मा शीतल निवासबाट सिधै धापासी

cp new add
Nisharg hospital
Ban Mantralye

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवासबाट सबैजसो सामान निजी निवास धापासी सारिसकेकी छन् ।

शुक्रबार नयाँ प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा स्वागत गरेपछि स्वतः पदमुक्त हुने उनी त्यहीँबाट निजीतर्फ लाग्ने भएकी छन् ।

tourism

‘अब बालुवाटारमा दुई-तीन दिन बस्नलाई चाहिने सामानमात्रै बाँकी छन्, १३ गते नै धापासी सर्नुहुन्छ’, प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए । उनका अनुसार सामान सार्न थालेको एक हप्ता पहिलेबाटै हो ।

नयाँ प्रधानमन्त्रीले शपथपछि सीधै बालुवाटार जान चाहेमा उक्त निवास पूर्णतः खाली भइसक्ने उनले बताए ।
कथंकदाचित नयाँ प्रधानमन्त्रीज्यूले आजैदेखि सामान ल्याउँछु भन्नुभयो भने उहाँ आजै पनि आफ्नो घर जान तयार हुनुहुन्छ’, उनले भने ।

केही महिनादेखि खालि रहेका कारण धापासीस्थित प्रधानमन्त्रीको निजी घरमा फोहोर जमेको थियो । एक हप्ता लगाएर सबै सफा गरिएको र अहिलेसम्म बस्नका लागि पूर्णतः योग्य भइसकेको रावलले बताए । पति दुर्गा सुवेदी पनि बालुवाटारमै बस्दै आएका छन् । घर सफा गर्नुपर्ने र सामान मिलाउनुपर्ने कारण विगत एक सातादेखि उनी धापासी-बालुवाटार ओहोरदोहोर गरिरहेका छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...