अत्तरियामा अनुमति बिना आयुर्वेदिक शिविरका नाममा असुलीपछि प्रशासनको रोक

cp new add
Nisharg hospital
Ban Mantralye

अत्तरिया । कैलालीको अत्तरियामा विभिन्न रोगको आयुर्वेदिक उपचार गर्ने दाबी गर्दै सञ्चालन गरिएको ‘शिवशक्ति बाबा’को शिविर प्रशासनले बन्द गराएको छ।

शनिबारदेखि अत्तरियाको नमस्ते होटलमा सञ्चालनमा रहेको उक्त शिविर मंगलबार बिहान जिल्ला प्रशासनको निर्देशनमा रोकिएको हो। सुरुमा निःशुल्क सेवा दिने भन्दै प्रचार गरिए पनि पछि शुल्क लिन थालिएको भन्दै प्रशासनमा उजुरी परेको थियो।

tourism

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार शिविर सञ्चालनका लागि आवश्यक अनुमति माग्दा सम्बन्धित पक्षले अनुमति पत्र देखाउन नसकेपछि बन्द गर्न निर्देशन दिइएको हो। यसअघि सोमबार नै उनलाई प्रहरी चौकीमा बोलाएर अनुमति बिना सञ्चालन नगर्न सचेत गराइएको थियो।

प्रशासनका अनुसार शिविरमा औषधिको अत्यधिक मूल्य लिएको तथा प्रवेश शुल्कसमेत असुल गरिएको गुनासो आएको छ।

शिविर सञ्चालनका क्रममा उपचारका लागि ठूलो भीड लाग्ने गरेको थियो। चैत १४ गतेसम्म सञ्चालन गर्ने तालिका भए पनि प्रशासनको हस्तक्षेपपछि शिविर मंगलबार नै बन्द गरिएको हो। यसअघि उनले कैलालीकै सुक्खडमा पनि यस्तै शिविर सञ्चालन गरेका थिए।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...