कैलालीको अत्तरियाबाट प्रहरी जवान सम्पर्कविहीन,धनगढी आइरहेका थिए

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । कैलालीको अत्तरिया बजारबाट एक प्रहरी जवान सम्पर्कविहीन भएका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–९ पनउलीका २४ वर्षीय प्रहरी जवान टेक बहादुर साँउद सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले डडेल्धुराबाट रवाना भएर सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण, धनगढी आउने क्रममा उनी सम्पर्कविहीन भएको बताए ।

tourism

साउँद से ३ प ९८३८ नम्बरको पल्सर मोटरसाइकलमा डडेल्धुराबाट आएका थिए ।डीएसपी तिमिल्सिनाकाअनुसार साेमबार अत्तरियामा देखिएका उनी मोटरसाइकलसहित सम्पर्कविहीन भएका हुन् ।

परिवारकाे समेत सम्पर्कमा नआएपछि उनका दाजु नाता पर्ने सुरत तमोलीले बुधबार खाेजीका लागि भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएका छन् । उनकाे खाेजी भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...