सुधन २४ गते किन रहे प्रहरी प्रमुखसङ्ग सम्पर्कमा ?

cp new add
Nisharg hospital
Ban Mantralye

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नवनिर्वाचित सांसद सुधन गुरुङले जेनजी विध्वंशको दिन भदौ २४ गते काठमाण्डौका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारीसँग पटक(पटक टेलिफोन संवाद गरेको खुलेको छ ।

जेनजी घटना छानबिनका निम्ति गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार दुई जनावीच पटक पटक फोन संवाद भएको सिडिआर रिपोर्ट छ । आयोगले गरेको सूचना विश्लेषणमा एसएसपी अधिकारीको मोबाइल नम्बर ९८५१२८०३५५ र सुधनको ९८०१०६६१११ मा २४ गते २ पटक सम्पर्क भएको देखिन्छ ।

tourism

उमेरले ३८ वर्ष पुगेका सुधन आफैँमा २३ गतेको प्रदर्शनको आयोजक होइनन् । हामी नेपालु एनजिओको संस्थापक अध्यक्ष रहेका उनी २३ गते प्रदर्शनकारीलाई पानी बाँड्न माइतीघर पुगेका थिए । तर, भ्रष्टाचारविरोधी प्रदर्शनले उग्ररूप लिँदै सत्तापलटको तहमा पुगेपछि अचानक आफूलाई जेनजी अगुवाको रूपमा उभ्याएका सुधनले २४ गतेको विध्वंशको औपचारिक जिम्मेवारी लिएका छैनन् ।

जेनजीको असली अगुवा दावी गर्ने तर आन्दोलनमा भएको क्षतिको जिम्मेवारीबाट पन्छिने यिनले कुन प्रयोजनका लागि प्रहरी प्रमुखसँग पटक(पटक फोन संवाद गरेका हुन् र उनको बढुवाका लागि गृहमन्त्री ओमप्रकाश अर्यालसङ्ग बाझेका हुन् भन्ने चाहिँ आयोगको प्रतिवेदनले खुलाएको छैन ।

डिस्कर्डमा भएको छलफलमा समेत ुहामी नेपालु को ुयुथ एगेन्स्ट करप्सनु र ुयुवा हबु नामक दुई वटा सर्भर बढी सक्रिय थिए । नेताहरूको घर,पार्टी कार्यालय र सरकारी कार्यालय तथा व्यावसायिक प्रतिष्ठानमा आक्रमण गर्ने सबै योजना त्यहीँ बनाइएको थियो ।

डिस्कर्ड ग्रुपमा आन्दोलनकारीलाई उकासेर उता प्रहरीलाई अल्मल्याउन किलो वनलाई फोन गरेको हुनसक्ने सुरक्षा स्रोतको विश्लेषण छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...