सशस्त्रका एसएसपी सुवेदीले भने-कैलाली र कञ्चनपुरको सीमा सुरक्षा मजबुत र प्रभावकारी हुन्छ

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । सशस्त्र प्रहरीले कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा जनशक्ति थप गरेको छ । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका गुल्म तथा बीओपीलाई सुरक्षार्थ मद्दत गर्न एवंम् उनीहरुमाथि निगरानी समेत गर्नेगरि जनशक्ति थपिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसै विषयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरिया कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिगविजय सुवेदीसँग गरिएको संक्षिप्त कुराकानी :

कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा थप जनशक्ति किन परिचालन गर्नुपर्‍यो ?
सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन, अवैध चोरी–तस्करी नियन्त्रण गर्न र त्यहाँ रहेका बीओपी तथा गुल्महरूको कामकारबाहीको अनुगमन मजबुत बनाउन थप जनशक्ति परिचालन गरिएको हो।

कति जनशक्ति थपिएको छ ?
कैलाली र कञ्चनपुरमा ९०/९० जनाका दरले कुल १८० जना थप गरिएको छ।

उनीहरू कसरी खटिन्छन् ?
 ३०/३० जनाको तीन टोली बनाइएको छ। एउटा टोली दिनमा, अर्को रातिमा सीमा क्षेत्रमा खटिन्छ। तेस्रो टोली आवश्यक परे तत्काल परिचालनका लागि तयारी अवस्थामा राखिन्छ।

यसले मुख्य रूपमा के सुधार ल्याउँछ ?
सीमा सुरक्षामा निगरानी बढ्छ, तस्करी नियन्त्रण प्रभावकारी हुन्छ र मातहत युनिटहरूको कार्यसम्पादन थप नतिजामुखी बन्छ।

अन्य उद्देश्य पनि छन् ?
 छन्। सीमा अनुगमनसँगै सम्भावित विपद् जोखिमयुक्त स्थानहरूको अध्ययन र विश्लेषण पनि गरिन्छ, जसले सुरक्षा र विपद् पूर्वतयारी दुवैमा सहयोग गर्छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...