

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चन्दनचौकी आउने कार्यक्रम तय भएपछि आज बिहानदेखि दिउँसो १ बजेसम्म बन्द गरिएको गौरिफन्टा नाका पुनः सञ्चालनमा आएको छ।
मुख्यमन्त्री योगीको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै भारतीय सुरक्षा निकायले गौरिफन्टा नाकामा बिहानैदेखि आवागमन पूर्ण रूपमा बन्द गरेको थियो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नाका केही घण्टाका लागि सिल गरिएको जनाइएको छ।

मुख्यमन्त्री योगी बिहान ११ बजे चन्दनचौकी पुगेका थिए। त्यहाँ उनले ९० वर्षभन्दा अघिदेखि जग्गा भोगचलन गर्दै आएका आफ्ना नागरिकलाई भूमिहक प्रदान गर्ने घोषणा गरेका छन्।
उनको भ्रमण सकिएर फर्किएपछि नाका पुनः सुचारु गरिएको हो। अहिले सीमा नाकामा आवागमन सामान्य अवस्थामा फर्किएको छ।

