

कञ्चनपुरको बेदकोट नगरपालिका–७ भाँसीबाट प्रहरीले २.५७ ग्राम खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–२ घर भई हाल बेदकोट–७ भाँसी बस्दै आएका कैलाश कुमार जोशी र भीमदत्त नगरपालिका–६ बस्ने अशोक सुनार रहेका छन्।
लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो धनगढी र अस्थायी प्रहरी पोष्ट भाँसीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

