संसदमा सशक्त रूपमा उत्रने विपक्षी दलहरूको तयारी, सभामुखको भूमिकामा प्रश्न

cp new add
Nisharg hospital
suchana

विपक्षी दलहरूले आउँदा दिनमा संसदमा अझ सशक्त ढंगले अघि बढ्ने निष्कर्ष निकालेका छन् ।

कांग्रेस, एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकहरुको संयुक्त बैठकले प्रधानमन्त्रीले संसदलाई गरिरहेको उपेक्षाको विषयमा गम्भीर छलफल भएको एमाले प्रमुख सचेतक ऐन महरले बताए ।

‘सरकारले संसदीय मूल्य मान्यताविपरीत विपक्षीहरूको आवाजलाई दबाएर र पेलेर अघि बढ्ने दुस्साहस र गैरलोकतान्त्रिक चरित्र र सभामुखको दलीय भूमिकाबारे घनिभूत र गम्भीर छलफल भयो’, महरले भने ।

उनका अनुसार संविधानको कार्यान्वयन, प्रतिनिधिसभा नियमावलिको पालना र लोकतन्त्रको रक्षार्थ सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता साझा निचोड निकालिएको छ ।

बैठकमा कांग्रेसबाट बासना थापा, एमालेबाट महर, नेकपाका युवराज दुलाल र राप्रपाबाट खुस्बु ओली सहभागी थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...