

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टामा ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।
आइतबार साँझ सवा ५ बजेतिर बागरादेखि सोल्टातर्फ आउँदै गरेको भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरिएको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी स्थानीय उदीराम सिजापति मगरकी ९ वर्षीया छोरी जयसरा सिजापतिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा नवराज विककी ७ वर्षीया छोरी माइरा विक घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
ट्याक्टर सडकबाट खस्ने क्रममा नजिकैको धाराबाट पानी लिएर घर फर्किंदै गरेका बालिकाहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि चालक फरार रहेका छन् भने ट्याक्टर घटनास्थलमै रहेको छ ।

