बहुमत पुर्‍याएर हटाउन आफ्नै दलका सांसदलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको चुनौती

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य दिवानसिंह विष्टले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागेका छन् ।

शाहलाई भेट्न शनिबार बिहान उनको सरकारी निवासमा पुगेका विष्टले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

जवाफमा मुख्यमन्त्री शाहले कांग्रेस संसदीय दलभित्र बहुमत प्रदेश सभा सदस्य आफ्नाविरुद्ध पुगाएर हटाउन चुनौती दिएका छन् । शाहले आफ्नो विपक्षमा बहुमत प्रदेश सभा सदस्य भएकै दिन हट्न तयार रहेको पनि बताएका थिए ।

‘मुख्यमन्त्रीसँग उहाँकै निवासमा आज बिहान कुराकानी भएको थियो । मैले तपाईंप्रति पार्टीमा असन्तुष्टि निकै बढ्यो । संसदीय दलको नेताबाट राजीनामा गरेर सहयोग गर्नुहोस् भनेको थिएँ,’ विष्टले भने, ‘जवाफमा उहाँले बहुमत पुगाएर आफूलाई हटाउनुहोस् भन्नुभयो ।’

संसदीय दलभित्र आफ्नो विपक्षमा बहुमत प्रदेश सभा सदस्य जुटेकै दिन आफू राजीनामा दिन तयार रहेको शाहले बताएको उनी बताउँछन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १८ सांसद छन् । शाहलाई दलको नेताबाट हटाउने १० जना प्रदेश सभा सदस्य चाहिन्छन् ।

उनलाई हटाउनुपर्छ भन्नेमा आठ जना सांसद पुगिसकेको दाबी गरिन्छ भने अन्य दुई जनासँग पनि छलफल भइरहेको विष्ट बताउँछन् । तर भेटमा विष्टले मुख्यमन्त्री शाहलाई दलको नेताबाट हटाउँदा राम्रो सन्देश नजाने भन्दै राजीनामा दिएर आफूलाई समर्थन गर्न अनुरोध गरेका थिए ।

अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापालाई सभापतिमा निरन्तरता दिने निर्णय गरेपछि सुदूरपश्चिममा मुख्यमन्त्रीविरुद्ध हटाउने अभियान चलेको थियो । विष्टसँग पदम शाही लगायतका सांसदले शाहलाई हटाउन अभियान थालेका थिए ।

तर, पार्टीको प्रदेशस्तरीय भेलामा सहभागी हुन धनगढीका आएका बेला थापाले सबै सांसदहरूसँग छलफल गरेर एकताबद्ध भएर अघि बढ्न भनेका थिए । त्यसपछि उनीहरु रोकिएका थिए । मुख्यमन्त्री शाह देउवा पक्षले आयोजना गरेको भेलामा सहभागी भएपछि कांग्रेसमा फेरि उनलाई पदमुक्त गर्नुपर्ने आवाज उठेको हो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...