कैलालीमा लागूऔषधसहित चार जना पक्राउ 

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलालीमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–२ अत्तरीयामा डेरा गरी बस्दै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका–६ घर भएका ४३ वर्षीय धर्मानन्द भट्टसहित तीन जनालाई आइतबार बिहान पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले धर्मानन्दको कोठामा खानतलासी गर्दा २० ग्राम २४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यसैगरी कैलारी गाउँपालिका–३ सुर्मिनालाबाट सोही स्थानका २९ वर्षीय मिमुह चौधरीलाई २ ग्राम २० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा जाँच गर्दा उक्त पदार्थ फेला पारेको जनाएको छ।

प्रहरीले दुवै घटनामा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...