सुदूरपश्चिम पुर्ख्यौली घर भएका पूर्व डीआईजी चन्दको निधन

cp new add
Nisharg hospital

धनगढी । नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको निधन भएको छ।

Telecome

बैतडीको दशरथचन्द नगरपालिका–१० घर भएका चन्द हाल ललितपुर महानगरपालिका–१८, नख्खु सिर्जनामार्गमा बस्दै आएका थिए। उपचारका क्रममा आज बिहान मेडिसिटी अस्पतालमा उनको निधन भएको हो।

ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी तुलबहादुर कार्कीका अनुसार चन्द असार ५ गते एक्कासि लडेर घाइते भएका थिए। तत्काल अस्पताल पुर्‍याई उपचारपछि सोही दिन डिस्चार्ज गरिएको थियो। तर असार १० गते स्वास्थ्य अवस्था पुनः जटिल बनेपछि उनलाई फेरि अस्पतालमा भर्ना गरिएको थियो।

प्रहरीका अनुसार आईसीयूमा उपचाररत चन्दको आज बिहान ६ः५५ बजे निधन भएको हो।

चन्दको निधनप्रति नेपाल प्रहरी संगठनसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

चन्द २०८१ मंसिरमा नेपाल प्रहरीबाट अवकाश प्राप्त गरेका थिए।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...