धनगढीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital

धनगढी । लागूऔषध मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

जिल्ला अदालत कैलालीको फैसला अनुसार लागूऔषध मुद्दामा ११ महिना १६ दिन कैद सजाय र २ हजार रुपैयाँ जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–८ निवासी ३२ वर्षीय हरिलाल रानालाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका रानालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...