धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास *गरेका युवकको मृत्युु

cp new add
Nisharg hospital

धनगढी । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मादाह प्रयास गरेका युवकको मृत्यु भएको छ ।

Nast Ad

आत्मदाहको प्रयास गरेकी धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीय ज्योति चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

उनलाई आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पु¥याएका थिए । उपचारका क्रममा उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए ।

गम्भीर अवस्थाका चौधरीलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज लगिएको थियो । तर आफन्तले भेरी नलगी काठमाडौँ लगेका थिए ।

उनको सोमबार बिहान ७ बजेतिर धादिङ पुग्दा बाटोमै मृत्यु भएको बिष्टले बताए । उनको शव कैलाली ल्याउने प्रक्रिया अघि बढेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

*मृतक युवक हुनुनपर्नेमा अन्यथा भएकोमा क्षमाप्रार्थीसहित सच्याइएको छ । 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...