वायुसेवा निगमको आम्दानी र सिट उपयोगितामा सुधार

cp new add
Nisharg hospital

काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएलगत्तै संस्थागत सुधार, सुशासन र सेवा प्रवाहमा सकारात्मक संकेतहरू देखिएका छन्।

Nast Ad

खुला प्रतिस्पर्धाबाट छनोट भएका विज्ञसहितको सात सदस्यीय सञ्चालक समिति गठन भएपछि गत असार ३० गतेको मन्त्रिपरिषद् बैठकले हवाई क्षेत्रका अनुभवी विज्ञ महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिएको थियो।

अध्यक्ष श्रेष्ठले जिम्मेवारी सम्हालेको छोटो अवधिएलह नै प्रभावकारी कार्ययोजना र रणनीतिहरू तयार पार्दै सुधारका काम अघि बढाएका छन्।

निगमले सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको असार महिनाको तुलनामा यस वर्षको असारमा आम्दानी करिब ३२ प्रतिशतले वृद्धि भई १ अर्ब ३३ करोड ५२ लाख पुगेको छ। त्यस्तै, सिट उपयोगिता पनि ७५ प्रतिशतबाट बढेर ८५.४ प्रतिशतमा पुगेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन्।

आगामी तीन वर्षभित्र निगमलाई ऋणमुक्त बनाइ आफ्नै आम्दानीबाट चल्ने आत्मनिर्भर, पारदर्शी र व्यावसायिक संस्था बनाउने अठोट अध्यक्ष श्रेष्ठले व्यक्त गरेका छन्।

साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडानका लागि आवश्यक पर्ने स्थलगत सेवाको तयारीसमेत पूरा भइसकेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...