पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, कैलालीमा प्रतिलिटर २०० रुपैयाँ

cp new add
Nisharg hospital

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ।

Nast Ad

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ। यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन ( काठमाडौंका लागि ) प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले मूल्य वृद्धि गरिएको छ। पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य ‘ब्रेक–इभेन पोइन्ट’मा कायम गरिएको निगमले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल तथा डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १९७ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् २ हजार ६० रुपैयाँ प्रति सिलिन्डर कायम गरिएको निगमले जनाएको छ। निगमका अनुसार इन्डियन आयल कर्पोरेसन ( आईओसी )  ले जुलाई ३१ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ६ पैसा लागत बढेर आएको छ। त्यसका बाबजुद उपभोक्ताको हितलाई ध्यानमा राखेर सीमित मात्रामा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

निगमले मूल्य समायोजनपछि पनि पाक्षिक रूपमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको भन्दै निगमले इन्धनको मितव्ययी प्रयोग गर्न उपभोक्तासँग आग्रह गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...