
राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का नेता कमल थापाले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल ( एसएसबी ) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको भनिएको घटनाप्रति सरकारको तत्काल धारणा सार्वजनिक गर्न माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत थापाले उक्त घटनाबारे नेपाल सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने र कूटनीतिक माध्यमबाट भारत सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताएका हुन्।
उनले प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउँदै राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षासँग जोडिएका विषयमा सरकार संवेदनशील र सक्रिय हुनुपर्ने उल्लेख गरेका छन्।
थापाले यस्ता घटनालाई गम्भीर रूपमा लिएर आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन्।
“राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) नेता कमल थापाले भने पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएको घटनाबारे तत्काल आफ्नो धारणा सार्वजनिक गर्न तथा यस सम्बन्धमा भारत सरकारको ध्यानाकर्षण गर्न आग्रह गर्दछु। प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान जाओस्,” उनले लेखेका छन्।

