डोटी भूकम्पपछि ३०० पराकम्प

cp new add
Nisharg hospital
suchana

२४ कात्तिक, काठमाडौं । डोटी भूकम्पपछि त्यस आसपासका क्षेत्रमा लगातार पराकम्प गइरहेका छन् ।

आज बिहीबार बिहान ८ बजेसम्म ३०० पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पछिल्लो पटक आज बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुरामा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको पराकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

यसअघि डोटीमा बुधबार बिहान सवा २ बजेतिर मानवीय क्षति हुने गरी ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...