पत्रकार सरोजराज अधिकारी मृत भेटिए

cp new add
Nisharg hospital
suchana

२४ कात्तिक, काठमाडौं । पत्रकार सरोजराज अधिकारी बुधबार मृत भेटिएका छन् ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी भरत बोहराका अनुसार काठमाडौंको सुन्धारास्थित एक होटलमा उनी मृत अवस्थामा फेला परेका हुन् ।

अधिकारी यसअघि सुनौलो नेपाल, नेपाल लाइभ अनलाइन, नयाँपत्रिका दैनिक, कान्तिपुर दैनिक, नेपाल साप्ताहिकमा कार्यरत थिए । उनी बहुचर्चित सुडान घोटाला प्रकरण सतहमा ल्याउने पत्रकार हुन् ।

अधिकारीले सुरक्षा मामिलाका विषयमा ‘चक्रव्यूहमा चन्द्रसूर्य’ र ‘जासुसीको जालो’ पुस्तक लेखेका थिए । उनको ‘धम्बोजी चोक’ र ‘रुपबजारकी नोरा’ नामक साहित्यिक कृति पनि प्रकाशित छन् ।

प्रहरीका अनुसार उनी तीन दिनदेखि होटलमा थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...