अब देशभर १९३ स्थानमा सुपथ पसल संचालन,  सिंहदरबारमा पनि बिक्री कक्ष

cp new add
Nisharg hospital

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष सिंहदरबारस्थित मन्त्रालय परिसरका संचालनमा आएको छ ।

Nast Ad

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय परिसर नजिकै कम्पनीको नयाँ बिक्री कक्ष उद्घाटन गरेकी हुन ।उक्त उद्घाटन समारोहमा बोल्दै उनले सिंहदरबारमा काम गर्ने कर्मचारीहरुको माग अनुसार सिंहदरबारभित्रै उक्त खाद्यान्न बिक्री कक्ष संचालनमा ल्याइएको जनाएकी छिन् ।

सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा सञ्चालनमा ल्याइएको बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तुहरू सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । ‘कर्मचारीहरुको माग र यहाँँ आउने अन्य मानिसहरुको सहजताका लागि पसल संचालनमा ल्याइएको छ । साथै बाहिर पाउने मूल्यभन्दा पाँच रुपियाँ कममै यहाँ उपलब्ध छ । सिंहदरबारभित्र आउने मानिसहरुले यहीबाट सामान लिएर जान म सबैलाई आग्रह पनि गर्दछु ।’ उनले भनिन् ।

कम्पनीका निमित्त कार्यकारी प्रमुख डिल्लीराज लम्सालले सिंहदरबारभित्र आउने सम्पूर्ण मानिसहरुको सहजताका लागि यो पसल संचालनमा ल्याइएको बताए । ​ अन्य पसलहरुमा भने चाडपर्व लक्षित समयमा मात्रै निश्चित समयका लागि छुट दिने भए पनि सिंहदरबारभित्र भने वर्षभरि छुट पाइने उनले जनाएका छन् । यो संगै कम्पनीको सातौ वार्षिकउत्सवका अवसरमा देशभर १९३ स्थानमा आजदेखि सुपथ पसलहरु पनि संचालनमा आएको उनले जानकारी दिए ।

सरकारी निकायले सञ्चालन गरेको यो बिक्री केन्द्रले बजारमा मूल्य नियन्त्रण र उपभोक्तालाई राहत दिने सरकारी प्रयासलाई समेत थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्री–वितरणका लागि राखिएको छ

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...