थापाथलीबाट विस्थापित भएका हिरालाल होल्डिङ सेन्टरमा मृत फेला

cp new add
Nisharg hospital

काठमाण्डौँ । भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा ५७ वर्षीय हिरालाल पासवान मृत फेला परेका छन्।

Nast Ad

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पासवान आफू बस्दै आएको कोठामा मृत अवस्थामा भेटिएका हुन् । उनी कोठाको फ्यानमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता डीएसपी दीपककुमार कार्कीले जानकारी दिए।

पासवान यसअघि काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका थिए। उक्त बस्तीका टहरा भत्काइएपछि उनलाई भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा राखिएको थियो। घटनापछि प्रहरीले घटनास्थलको मुचुल्का उठाउने काम अघि बढाएको छ। शव परीक्षणका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनाको वास्तविक कारणबारे भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...