२ वर्षीया बालिकाको हत्या: अनुसन्धानमा ‘घरभित्रकै व्यक्ति’ पक्राउ

cp new add
Nisharg hospital

जनकपुरधाम । शम्भुनाथ नगरपालिका-३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको झाडीमा मृत फेला परेकी छन्।

Nast Ad

मोहम्मद इरफानकी छोरी खुशी आज बिहानदेखि हराएकी थिइन्। परिवारजनले बालिका हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले खोजतलास थालेको थियो। खोजीका क्रममा उनी आफ्नै घरको पछाडिपट्टिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन्।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले घरकै एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। स्रोतका अनुसार ती व्यक्तिको हाउभाउ तथा गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

बालिकाको मृत्यु कसरी भयो भन्ने विषय भने अझै खुलेको छैन। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी रुपक खड्का सहित अनुसन्धानको टोली पुगेको छ । मुचुल्का तथा आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...