कञ्चनपुरमा नेपालीलाई पक्राउ गर्न आएका दुई भारतीय प्रहरी रित्तो हात फर्किए

cp new add
Nisharg hospital
धनगढी । कञ्चनपुरमा नेपाली नागरिकलाई पक्राउ गर्ने भन्दै आएका भारतीय प्रहरीलाई फर्काइएको छ ।
शनिबार दिउँसो कर्नाटकबाट बलात्कार मुद्दाका आरोपी शंकर लुहारलाई पक्राउ गर्न भन्दै दोधाराचाँदनीस्थित घरमै पुगेका उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
केही घण्टा इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको नियन्त्रणमा राखिएका असईसहितका दुई जना भारतीय प्रहरीले भारततिरै फर्काइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले दुवै जनालाई भारत नै फर्काइएको जानकारी दिए । उनकाअनुसार उनीहरु नेपाल नै घर भएका पीडितको बलात्कार सम्बन्धी मुद्दामा लुहारलाई पक्राउ गर्न भन्दै उनको घरमा पुगेको पाइएको छ ।
प्रहरीले पूर्व समन्वय र प्रचलित कानुन विपरीत अनाधिकृत रुपमा नेपाल छिरेको भन्दै उनीहरुलाई सम्झाइबुझाइ गरेर छाडिएको जनाएको छ । पूर्व जानकारी र अनुमती बिना नेपाली भूमीमा प्रवेश गरेका कर्नाटक प्रहरीका असई सतिश एमआर र जवान अल्फाब आरएस भारत फर्किएका छन् ।
Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...