रसुवा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्‍बाट शोक प्रस्ताव पारित

cp new add
Nisharg hospital

बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुस्ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ । प्रस्तावमाथि छलफलपछि बेलायतको संसद्ले सर्वसम्मतिले उक्त शोक प्रस्ताव पारित गरेको हो ।

मृतकहरूप्रति सम्मान व्यक्त गर्दै सांसदहरूले बैठकमा एक मिनेट मौन धारण गरेका थिए । त्यसलगत्तै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै प्रार्थना गरिएको थियो । उक्त प्रार्थनाको सञ्चालन बंगलादेशका धार्मिक मामिला मन्त्री काजी शाह मोफज्जल हुसेनले गरेका थिए । यसैबीच, बंगलादेशको संसदका सभामुख हाफिज उद्दीन अहमदले पनि नेपालमा बाढी र पहिरोका कारण भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुस्ख र शोक व्यक्त गरेका छन् ।

सभामुख अहमदले एक शोक सन्देश जारी गर्दै शोक सन्तप्त नेपाली परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन् । उनले यस प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

१० भदौमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीसँगैको गेग्रानले भोटेकोशी नदीको बहाव एकाएक बढाउँदा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । भीषण बाढीले स्थानीय बस्ती र पूर्वाधारसँगै कैलाश हिमाल तथा मानसरोवर यात्रामा रहेका पर्यटकलाई समेत प्रभावित बनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढीमा परेकामध्ये ९०३ जनाको शव फेला परेको छ । यो सोमबार बिहान ९ बजेसम्मको तथ्यांक हो । प्राधिकरणका अनुसार अहिलेसम्म ४ हजार २२७ जना सम्पर्कविहीन छन् । १० हजार ४५१ जनाको उद्धार भएको छ । पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको छ । २६७ जना घाइते भएका छन् । यसमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

उद्धार, राहत तथा पुनर्स्थापनमा २० हजार ८१९ सुरक्षाकर्मी खटिएका छन् । जसमा नेपाली सेना ८ हजार ७२२, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी ४ हजार २०३ जना रहेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...