दीपक मनाङेलाई २५ हजार जरिवाना

cp new add
Nisharg hospital
suchana

२ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राजीव गुरुङ (दीपक मनाङे) लाई २५ हजार जरिवाना तिराउने भएको छ ।

मनोनयन दर्ताको समयमा मनाङेले चुनावमा जाँदा १५ लाखले रक्सी पनि खुवाउन पुग्दैन भनेर अभिव्यक्ति दिएपछि मनाङेलाई आयोगले कात्तिक १४ गते स्पष्टीकरण सोधेको थियो ।

मनाङेको यस्तो अभिव्यक्तिकै कारण आयोगले जरिवाना तिराउने निर्णय गरेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

मनाङ प्रदेश सभा ‘ख’ बाट निर्विरोध निर्वाचित भइसकेका छन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...