press
po

कैलाली र कञ्चनपुरबाट लाखौका भन्सार छलीका सामान बरामद

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब ८ लाख ९५ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ।

sanjiwan
Nisharg

आइतबार कैलालीबाट ३ लाख ७७ हजार १५० रुपैयाँ र कञ्चनपुरबाट ५ लाख १७ हजार ९६० रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको हो।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका सुर्ती, बिँडी, साना तथा ठूला विद्युतीय लाइट, साइकलका पार्टपुर्जा लगायतका सामान बरामद गरेको छ। प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

HAMRO DAIRY

त्यस्तै, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट बिँडी, साइकलका पार्टपुर्जा, किराना लगायतका सामान बरामद गरेको छ।

दुवै जिल्लामा बेवारिसे अवस्थामा फेला परेका सामान आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...