३ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाले मंगलबार सभामुख पाउने भएको छ ।
दुई पटक भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन सकेका थिएनन् तर मंगलबार बिहान १० बजे बस्ने प्रदेशसभा बैठकमा तेस्रो पटक मतदान भइरहेको छ ।
३० पुसमा तटस्थ बसेको सत्तारुढ गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्ति पार्टीले मंगलबार भने मतदान गर्ने जनाएको छ । उसले गठबन्धनका उम्मेदवार माओवादीका भीम भण्डारीलाई मतदान गर्ने जानकारी दिएको छ ।
नाउपाले भण्डारीको पक्षमा मतदान गरेको अवस्थामा प्रदेशसभाले मंगलबार उनलाई सभामुखका रुपमा पाउनेछ । कांग्रेस नेतृत्वको गठबन्धनबाट सभामुखमा मानबहादुर रावलले उम्मेदवारी दिएका छन् ।