भुुकम्पले बाजुराको बडिमालिका र हिमालीमा ६ घर भत्किए, टेलिफोनको समस्याले विवरण संकलनमा कठिनाइ

१० माघ, धनगढी । मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पले गरेको क्षतिको विवरण आउने क्रम सुरु भएको छ तर बाजुरामा टेलिफोन समस्याका कारण विवरण संकलनमा कठिनाइ भएको छ ।

हालसम्म बडिमालिका नगरपालिका ७ र ९ मा तीन वटा घर र हिमाली गाउँपालिका ६ मा एउटा विद्यालय भवनसहित दुई घर भत्किएको प्रारम्भीक विवरण प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० सुर्य थापाकाअनुसार अहिलेसम्म बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको विवरण आएको छ भने संकलन गर्ने काम भइरहेको छ । हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीकाअनुसार वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएका छन् ।

अन्य वडामा टेलिफोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण प्राप्त गर्न समस्या भएको सार्कीले बताइन् । गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले सोमबार रातिदेखि वर्षासँगै हिमपात भएका कारण टेलिफोनको नेटवर्क नहुँदा क्षतिको विवरण प्राप्त गर्न नसकिएको जानकारी दिए ।

प्रहरीकाअनुसार जिल्लाका केही ठाउँमा घर भत्किएको खबर प्राप्त भएपनि मानवीय क्षति भने अहिलेसम्म भएको जानकारी आएको छैन । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा मैला केन्द्र बिन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युडको भुुकम्प गएको थियो ।

सम्बन्धित समाचार
Loading...