कञ्चनपुरको शुक्लाफाँटामा अवैध काठ बरामद

cp new add
Nisharg hospital
suchana

१३ माघ, धनगढी । कञ्चनपुरको शुक्लाफाँटामा अवैध काठ बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको गस्ती टोलीले शुक्लाफाँटा नगरपालिका–१२ तिल्केका लालदाश रानाको घर पछाडी लुकाएको अवस्थामा अवैध काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।

रानाले आलु बारीमा खाडल खनेर लुकाएको अवस्थामा ७ फिट लम्बाइको सालको गोलिया, ८ फिट लामो सिल्ली गरेर ३४ दशमलव ९५ क्यूफिट काठ बरामद गरिएको छ ।

बरामद गरिएको काठ आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय वाणीमा बुझाइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...