press
po

प्रधानमन्त्री देउवाकै गृह जिल्लामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

cp new add
Nisharg hospital
dhanga
Rubic

१८ भदौ, धनगढी । नेपाली कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ । शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरु पार्टीसँग गठबन्धन नगरेर मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

sanjiwan
Nisharg

पार्टी सचिव हेमराज चटौतले वैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा समेत जिल्लामा गठबन्धन नभएको हुनाले अगामी निर्वाचनमा पनि एक्लै लड्ने निर्णय गरिएको जानकारी दिए । उनकाअनुसार गठबन्धन गर्ने केन्द्रीय कमिटीको निर्णयलाई स्वागत गर्दै डडेल्धुरामा मित्रवत् प्रतिस्पर्धा गर्न दिन प्रदेश र केन्द्रीय कमिटीलाई अनुरोध समेत गरिएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

‘नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले गरेको गठबन्धन गर्ने निर्णयको स्वागत गर्दै स्थानीय तहको निर्वाचनमा जसरी गठबन्धनमा आवद्ध दलहरु मित्रवत् प्रतिस्पर्धा गरेर अगाडि बढ्यौं यसरी नै प्रदेशसभा र प्रतिनिधिसभामा समेत अलग-अलग निर्वाचन लड्ने निर्णय गरेका छौं’ चटौतले भने, ‘अलग-अलग निर्वाचन लड्नका निमित्त प्रदेश र केन्द्रीय कार्य समितिलाई अनुरोध गर्ने निर्णय गरेका छौं ।’

HAMRO DAIRY

कांग्रेसको यो निर्णयपछि गठबन्धनमा आवद्ध अन्य दलले कुनै प्रतिक्रिया जनाएका छैनन् । यसअघि नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका पूर्वमन्त्री वीरबहादुर बलायरको गृह जिल्लामा डोटीमा समेत जिल्ला कार्य समितिको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको छ ।

Nav

देउवा प्रत्यक्ष र आरजु समानुपातिकमा सिफारिस

नेपाली कांग्रेस डडेल्धुराले एकल रुपमा अगामी चुनाव लड्ने भएकै कारणले प्रदेश र प्रतिनिधिसभामा सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस गरिएको जनाएको छ ।

जिल्ला सचिव चटौतकाअनुसार प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा र समानुपातिक तर्फ देउवा पत्नी आरजु राणाको नाम सर्वसम्मत रुपले प्रदेश कमिटीमा सिफारिस गरिएको छ ।

प्रदेश सभाका दुई वटा निर्वाचन क्षेत्रका क्षेत्रीय कमिटीले प्रतिनिति सभा सदस्यमा देउवाको नाम सर्वसम्मत रुपले सिफारिस गरिएको छ ।

प्रदेशसभा ‘क’ बाट जिल्ला पार्टी सभापति एवंम् परशुराम नगरपालिकाका पूर्वमेयर भीमबहादुर साउद र प्रदेशसभा ‘ख’ बाट सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराको नाम सर्वसम्मत रुपले सिफारिस गरिएको छ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...