


काठमाडौं । प्रहरी वृत्त सातदोबाटो, ललितपुरका डीएसपी रामकुमार यादवको जिम्मेवारी खोसिएको छ ।



सामान्यतया एक वर्षभन्दा अघि सरुवा नगर्ने चलन रहे पनि वृत्त प्रमुखको कमाण्ड सम्हालेको ६ महिनामै उनको जिम्मेवारी खोसिएको हो ।


यादवलाई काठमडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा तानिएको छ । यादवले प्रभावकारी काम गर्न नसकेको आरोप लगाइएको छ ।
उनको ठाउँमा जिल्ला प्रहरी परिसर काडमाडौंमा कार्यरत डीएसपी पूर्णिमा चन्दलाई पठाइएको छ ।
