दार्चुला कारागारबाट फरार कैदी पक्राउ, तोकिएको थियोे ५२ वर्ष कैद

CP
puskar ojha
cp hospital ad
kailali udhog

दार्चुला । जेन्जी आन्दोलनको क्रममा जिल्ला कारागार दार्चुलाबाट भदौ २४ गते राति करिब ९ बजे भागी फरार भएका कैदी उमेश सिंह कुँवरलाई प्रहरीले पक्राउ गरेको छ।

kailali hospital
Dhangadhi dashain
Telecome

महाकाली नगरपालिका–१ छापरीका २३ वर्षीय कुँवरमाथि कर्तव्य ज्यान मुद्दामा २५ वर्ष, जवरजस्तीकरणी मुद्दामा २५ वर्ष र ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष गरी जम्मा ५२ वर्षको कैद सजाय तोकिएको थियो।

Puskar pannel
Nabjiwan

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक बिक्रम बहादुर शाहीको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोलीले बुधबार १ः३० बजे कुँवरलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका कुँवरलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखिएको प्रहरीले जनाएको छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...