धनगढीमा दुई किशोर खैरो हिरोइनसहित पक्राउ

cp new add
Nisharg hospital
suchana

अडियोमा सुन्नुहोस्

धनगढी । धनगढीमा दुई किशोर लागूऔषध खैरो हिरोईनसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ को जुगेडा कटानबाट दुई जना किशोरलाई खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले बुधबार दिउँसो १९ वर्षीय आकाश चौधरी र १८ वर्षीय किशोरलाई शंका लागि चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा उनीहरूको साथबाट २ ग्राम ८५० मिलिग्राम तौलको खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले दुबै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...